आमा

ममता, करुणा र धैर्य, निष्ठा, समर्पण र प्रेरणा, शितलता र आत्मियता अनि आकाश भन्दा विशाल आमा ।

संसारमा कसैले निस्वार्थ माया खोज्छन् भने त्यो माया गर्ने व्यक्ति आमा मात्र हुन। एउटी आमाले आफ्नो सन्तानलाई गर्ने माया स्वार्थ रहित र सर्त रहित हुन्छ । एउटी आमाले केहि पाउने आशामा वा सर्तमा कहिले पनि आफ्नो सन्तानलाई माया गरेकी हुदिनन ।

आमा बन्न सजिलो कहाँ छ र ? पुरुष प्रधान देश, त्यसमाथि नारी कति सपनाहरु मनमै चिहान बनाउन पर्छ । आमा बन्नको लागी थुप्रै पीडाहरु सहन पर्छ । एउटी नारीले आमा बन्दा आफ्नो उमेरको उर्जाशील समय सबै आफ्ना सन्तानका लागी खर्च गरेकी हुन्छिन । ९ महिना एउटा शारीर भित्र दुईवटा मुटु बोकेर हिड्ने, तेसपछी मुटु फुट्ने प्रसव पिडा सहेर एउटी आमाले आफ्नो सन्तानलाई जन्म दिन्छिन । तेसपछी धाईआमा बनेर दिनमा भोक र रातमा निन्द्रा नभनिकन उनले आफ्नो सन्तानलाई हुर्काउछिन र बोल्न सक्ने बनाउछिन । तेसपछी उनि गुरुआमा भई बोल्न र पढ्न सिकाउछिन ।

सन्तान बिरामी हुदा उनि नर्स बनेर सेवा गर्छिन भने पहरेदार भएर उनि आफ्नो सन्तानको सुरक्षा पनि गर्छिन । कुनै पनि सन्तानको पहिलो गुरु उसको आमा नै हुन्छिन भने उसको पहिलो साथी पनि आमा नै हुन् । सन्तानले जुनै पक्षमा पनि प्रगति गर्दा हृदयदेखि नै कोहि खुसि हुन्छन भने ति व्यक्ति आमा नै हुन् ।

 

Advertisements

भैरव अर्यालबाट प्रेरित भएर लेख्न थाले

सबै जनाले अंग्रेजीमा आ-आफ्नो ब्लग लेख्न थाले, मैले चाहिँ नेपालीमा नै लेख्छु भनेर निधो गरे । मैले हरेक हप्ता एउटा एउटा गरेर नेपालीमा आफ्नो ब्लगमा आफ्नो लेखहरु राख्न थाले । यदी तपाई मलाई सोध्नुहुन्छ मेरो कुनचाहिँ लेख मलाई नै राम्रो लाग्छ भनेर, मेरो जवाफ गोलभेडा हुनेछ । त्यो लेख मैले कक्षा १२ मा भैरव अर्यालको आलु नामक हास्य व्यंग्य ले भरेको निबन्ध पढ्दा लेखेको हो । कसरी लेख्ने जागर चल्यो त थाहा छैन मलाई पनि तर जब पहिलो अनुच्छेद लेखे तब मैले पढेर दिदिलाई सुनाए अनि दिदिले, “खुब लेख्छस तैले, यो काँ बाट चोरेर पढेको भन त भन्नु भयो ।“

तेसपछि मैले यसलाई पुरा नै गरेर छोड्छु भन्ने मनमा लाग्यो अनि फेरी आलु निबन्ध पढ्दै गोलभेडा निबन्ध लेख्न थाले । हरेक अनुच्छेद लेखेर दिदीलाई पढेर सुनाउथे अनि दिदीले मिलेन भनेको ठाउँमा सच्याउथे । जब मैले लेखेर पुरा गरे तब दिदीलाई पढेर सुनाए अनि दिदीले राम्रो छ भनेपछि भोलि कक्षामा सरलाई पनि सुनाउछु भनेर सोचे । भोलिपल्ट कक्षामा सरले पढाउन सुरु गरे पछि साथीलाई मैले लेखेको छ भन्न लगाए अनि सरले मलाई पढेर सुनाउन भन्नु भयो । म निबन्ध लेखेको कागज लिएर उठे अनि सबै कक्षाले सुन्ने गरि ठुलो सोरमा पढेर सुनाए । सरले एकदम ध्यान दिएर मेरो गोलभेडा निबन्ध सुन्नु भयो अनि मलाई, “तैले त खुबै राम्रो लेख्दो रैछ्स त केटो । मैले भनेको मन्छ्स भने यो तेरो लेख गोरखापत्रमा छपा, सारै राम्रो लेखेको रैछ्स ।” तेसपछि कहाँ गएर छाप्न दिने भन्ने नै थाहा भएन अनि कुरा तेत्तिकैमा सक्कियो तर आज पनि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो मुनामदनमा गर्व गरे जस्तै मा पनि मेरो गोलभेडा निबन्धमा गर्व गर्दछु ।

मेरो पहिलो प्रेम – सेतो हिउँ (भाग – २)

…… अनि त्यसपछी मैले पूर्ण रुपमा आफुलाई उनको मानिसकेको थिए। अर्को सेक्शनमा गए पछी न त उनिसंग बोल्ने मौका पाए न त देख्ने नै । शान्त र सुशील स्वभाव भएकी उनलाई कक्षा बाहिर कहिले कहिँ मात्र देख्न पाउथे । बोल्न जाउँ पनि के भनेर जाउँ, के सिधै गएर मलाई तिमी साह्रै मन परेउ भन्न पनि नमिल्ने अरु बोल्ने त बहाना नै थिएन म संग, तेसैले मैले उनको फेसबुक प्रोफाइल खोज्न थाले । उनको फेसबुक प्रोफाइल खोज्दै थिए, हरीले खोज्दै गर्दा मलाई देख्यो अनि उ चाहिँ आहानाको साथी संग राम्ररी बोल्न थालिसकेको रहेछ अनि उसले गएर साथीलाई आहानाको फेसबुक प्रोफाइल के हो भनेर सोधेछ ।

संजोगको कुरा के भने उनको साथीलाई मैले बि. एस. सी. सी. एस. आई. टि. को इन्ट्रान्स परिक्षामा भेटेको थिए । त्यति बेला हाम्रो राम्ररी कुराकानी भएको थियो तर कक्षा सुरु भए पछि हाम्रो बोलचाल त्यति हुन सकेन अनि मैले चुरोट खाने कुरा थाहा पाए पछाडि उनलाई मेरो नराम्रो प्रभाव परेको रहेछ, तेसैले उनले हरीलाई आहानाको फेसबुक प्रोफाइल दिईनन्। मन त त्यति बेला दुखी भयो जब थाहा पाए कि उनले त आहानालाई पनि म संग नबोल्न र बोल्न आए पनि टाढा बस्न भनेको रहेछ भन्ने कुरा मलाई हरीले भन्यो । एक मनमा लग्यो कि मेरो प्रेम कथा सुरु नहुदै कसैले घाटी निमोठ्दै हत्या गर्दियो तर फेरी सोचे चाहें उ मेरो होस् या नहोस, म उनको प्रतिक्षा गर्छु । तेस्पछाडिका मेरा हरेक दिनहरु उनलाई नै सोच्दैमा बित्न थाल्यो । अनि उनलाई देखेको २ हप्ता पछाडि मैले उनको ……..

 

 

 

मेरो पहिलो प्रेम – “सेतो हिउँ” (भाग – १)

पहिलो कक्षा सुरु हुनु भन्दा ठिक अगी एक जना कक्षाकोथामा प्रवेश गरिन् । कालो जकेट, कालै जिन्सको पैन्ट र कालो बूट लगाएकी उनि बिस्तारै आइन र अगाडिबाट दोश्रो बेन्चमा बसिन । कलेजको दोश्रो दिनमा देखिएको नयाँ अनुहार मेरो आँखामा अड्कियो । उनको कक्षा ११ र १२ मा संगै पढेको साथी भएको कारणले उनि दोश्रो बेन्चमा बसेकी रहिछन् । सानै देखि उटफट्यांग मैले सोधी हाले, “नयाँ आउने सोल्टीनीको नाम चाहिँ के होला कुन्नि? परिचय नै नगरी सरक्क बस्दिन्ने?” नयाँ भएर होला उनले केहि पनि बोलिनन अझ भनौ फर्केर पनि हेरिनन तर उनको साथीले उठेर भनिन,” उसको नाम आहाना गुरुंग ” । पहिलो नजरको मायामा विश्वास नगर्ने म उनलाई देखे पछि सोच्न बाध्य भए । तर मेरो दुर्भाग्य पहिलो कक्षाको समाप्ति संगै उनि अर्को सेक्शनमा गईन ।

क्क्षा १२ को परिक्षा सके पछि मैले इन्जीएर बन्ने सपना लिएर आई. ओ. इ. को इन्ट्रान्स परिक्षा दिए तर कम अंक प्राप्त गरेको हुनाले मैले बि. एस. सी. सी. एस. आई. टि.  पढ्ने निर्णय गरे । सम्पूर्ण तयारी भईसकेपछि मैले राधाकृष्ण आई. टि. कलेजमा (नाम परिबर्तन) भर्ना गरे र कलेजको दोश्रो दिनमा यो घटना भयो । भनिन्छ नि मनमा कुनै कुरा बसे पछि सजिलै हट्दैन ।  तेसपछि बिस्तारै कक्षाको साथीहरु संग मेलमिलाप बढ्यो र एकदिन चिया खाने ठाउँमा मैले केटाहरुलाई भने कि सुन है केटाको त्यो आहाना तिमीहरुको भाउजु हुने वाला छ मलाई एकदम नै मन पर्यो त्यो केटि  । अनि त्यसपछी मैले पूर्ण रुपमा आफुलाई उनको…….

 

 

रोनाल्डोका संघर्सपूर्ण दिनहरु

फुटबल खेलेर खान पुग्दै भनेर उनलाई आज भन्दा 20 बर्षअगी
उनका गुरुले भनेका थिए। तर आज उनी फुटबल खेलेर विश्वको
सबै भन्दा महँगो खेलाडी बनेका छन्। उनको नाम हो क्रिस्टियानो रोनाल्डो।

उनको पुरा नाम क्रिस्टियानो रोनाल्डो दोस सान्तोस अभेइरो हो।
उनी ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको फुंचल मदेईरा भन्ने
ठाउँमा जन्मिएका हुन्। उनको पिता डिनिस अभेइरो हुन। उनी
नगर निगममा एक मालीको काम गर्दथे। पार्क र मैदानको
रेखदेख गरेर आफ्नो घर चलाऊथे। रोनाल्डोको आमाको नाम
मारिया हो। रोनाल्डो का १ दाई र २ बैनी छन। उनको पुरा
परिवार एउटा सानो टिन् को छत भको घरमा बस्ने गर्दथे।
रोनाल्डोले सानै उमेर देखी फुटबल खेल्न सुरु गरेका थिए।
उनको खेल प्रतीको लगाब देखेर मात्र ८ बर्सको उमेरमा उनलाई
एन्दोरिन्हा खेलकुद क्लबले आफ्नो टिममा लिएको थियो।
रोनाल्डोको आमा उनलाई बच्चामा “रुन्चे बच्चा” भनेर
बोलाउथिन किनभने जब रोनाल्डो खेलमा गोल गर्न सक्दैनन
थिए, खेल मैदानमै रुन थालदथे। १० बर्षको उमेरमा उनले सहरको
सबैभन्दा ठुलो क्लब  नासिओनल एफ. सी. बाट खेल्ने मौका पाए । उनले
त्यो क्लबबाट २ बर्ष खेले। १९८७ मा उनी पोर्चुगलको
स्पोर्टिंग क्लबमा ट्रायलको लागि गए। त्यहाँ उनको खेल हेरेर
उनलाई क्लबले १५०० पाउण्डमा उनलाई अनुबन्धन गर्यो। यो क्लब पोर्चुगलको
राजधानी लिस्बोनमा थियो। उनी त्यो क्लबमा खेल्न
जादा आफ्नो घर परिवार छोड्नु पर्यो जस्को कारण
रोनाल्डो धेरै दुखी भए तर उनले आफुले आफुलाई सम्हाले र त्यो
क्लबमा खेल्न थाले। त्यहाँ पनि उनले धेरै मेहेनत गरे र आफ्नो
खेलले सबैलाई प्रभावित पारे।
१५ बर्षको उमेरमा थाहा भयोकी उनलाई मुटु सम्बन्धि समस्या छ।
डाक्टरले उनलाई फुटबल नखेल्न सल्लाह दिए कि त सल्लेक्रिया
गर्नु पर्ने बताए। त्यो समयमा उनी सँग २ वटा बाटो थियो,
कि फुटबल खेल्न छोड्ने कि धेरै जोखिमपूर्ण सल्लेक्रिया गर्नु पर्ने
थियो। रोनाल्डोको लागि अब फुटबल छोड्न त्यति सजिलो
थिएन, त्यसैले उनले सल्लेक्रिया गर्ने निर्णय गरे र भाग्यले सल्लेक्रिया सफल
भयो। केही दिनको आराम पछी उनी फेरी मैदानमा फर्किए र
आफ्नो लक्ष्यलाई पुरा गर्न तर्फ लागि परे। तर त्यहिँ समयमा
उनको जिबनमा फेरी एकदम दुखी मोड आयो रक्सी धेरै
खाको कारनले ५२ बर्षको उमेरमा उनको पिताको मृत्यु
भयो।
यो घटनाले रोनाल्डो एकदमै दुखी भए किनभने रोनाल्डोका पिता
उनको सबैभन्दा नजिक थिए। उनी आफ्नो हरेक कुरा आफ्नो
पितासँग भन्ने गर्दथे। त्यहिँ घटनापछी रोनाल्डोले आजसम्म
रक्सीलाई हात लगाको छैनन।

मेरो जिन्दगीको एक दिन …

पहिलो सेमेस्टरको फाइनल जाँच त्यो माथि पनि आफूलाई गारो लाग्ने म्याथको जाँच । यही कुरा मनमा लिएर म गाडी चढ्ने ठाउँमा साथीलाई कुरेर बस्दै थिए । एउटा सानो अन्दाजी ५ या ६ वर्षको फुच्चे मेरो वरिपरि ३ ४ पटक हिँडेको मैले याद गरे । मैलो भेस्ट, च्यातिएको हाप पाइन्ट र खाली खुट्टा उ यता उता गर्दै थियो। सायद उ सहयोग माग्न चाहन्थ्यो तर सकिरहेको थिएन । साथीहरू आउन अझै ५ १० मिनेट लाग्ने भएकाले मैले त्यो फुच्चे केटासँग कुरा गर्ने निधो गरे । “बाबु यता आउन”, मैले उसलाई बोलाए, उ अन्कनाउँदै मेरो नजिक आयो। “नाम के हो बाबु तिम्रो?”, मैले पहिलो प्रश्न तेर्स्याए । उसले पहिला त आफ्नो नाम भन्न हिच्किचायो तर २ ३ पटक सोधे पछि उसले आफ्नो नाम “राहुल” भन्यो । अनि फेरी मैले सोधे, “कहाँ बस्छौ?” उसले भन्यो ,”मागेर राति जहाँ पुग्छौँ त्यहीँ बस्छौँ” । उसको कुरामा “बस्छौ” भन्ने शब्दले मेरो ध्यान  तानियो र फेरी मैले सोधे ,”बाबु कोसँग बस्छौ र तिमी ?” उसले मधेसी मूलको आवाजमा भन्यो ,”दाइ म दादीसँग बस्छु” अलि पर उभिएको एउटा बुढी आमालाई देखाउँदै उसले भन्यो। मैलो अनि ठाउँ ठाउँमा टालिएको फरिया, पोका पुन्तुराले भरेको एउटा झोला काँधमा, एउटा हातमा कचौरा अनि अर्को हातमा पानीको बोतल लिएर उनी होटलमा पानी माग्दै थिइन।

होटलको साहुले पानी दिए पछि उनी नाति भएको ठाउँमा आइन र भनिन ,”ले बेटा पानी पी।” बाबुले पानी खाई सकेपछि उनले ,”चल बेटा” भनिन तर मैले ,”मा थोडी देर रुक्जाइएना ” र उनले “हा ठिक हैँ” भन्नु भयो|

भन्नु भए पछि मा फेरी बाबु सँग कुरा गर्न थाले । “बाबु तिमीले राम्रो सँग खाना कहिले खाएको याद छ तिमीलाई ?” मैले पुनः प्रश्न गरे। उ बोल्यो ,” खै दाइ पुरा त याद भएन तर सायद दो तीन दिन पहेले एक अङ्कलले पशुपतिमा खुवाउनु भएको थियो”। अनि मैले सोधेँ “अनि अहिले के खान्छउ त तिमी बिहान दिउँसो अनि राति ?” भनेर मैले सोध्दा उसले “बिस्कुट, समोसा अनि पानी“ भनी जवाफ फर्कायो। मैले उसलाई भने “बाबु खाना खान्छौ त तिमी ?”, मेरो यो प्रश्नमा आएको उसको जवाफले मलाई आफू प्रति नै लाज लागेर आयो। उसले भन्यो ,”हैन दाइ केही पैसा मात्र दिए हुन्छ, मैले मात्र खाना खाएर हुँदैन, दादीले पनि खानु पर्छ, दादीलाई भोकै म कसरी राख्न सक्छु ?” उसको हजुरआमा प्रतिको माया र जिम्मेवारी बहन गरेको देखेर मा छक्क परे, यती सानो उमेरमा उसको कति तिक्खर बुद्धि। म सोच्न थाले कि मैले कहिले पनि आफ्नो आमालाई माया नै गरिन, आज पनि म आमालाई पकाएको खाजा पनि लिएर आइदिनु भन्छु तर साँच्चै भन्दा त आमाले मेहनत गरेर खाजा पनि बनाउनु हुन्छ अनि बिचारी आमा हामीले भनेपछि हार्न नसकेर हामी उप्पर खुट्टि लाएर टिभी हेरेको ठाउँ सम्म खाजा बोकेर आउनु हुन्छ। यती सानो बच्चाले त आफ्नो हजुरआमालाई यती माया गर्छ तर हामीले अझै आमाको माया बुझेको नै छैनौँ भन्ने मलाई कता कता मनमा लग्यो। अनि मैले उसलाई खल्तीबाट ५० रुपैयाँ दिए र भने बाबु धेरै दिन सकिन यती नै छ मसँग, उसले मुस्कुराउँदै भन्यो ,”दाइ हजुरको यो पैसाले दादीलाई र मलाई आजलाई खान पुग्छ , बहुतै धन्यवाद दाइ।” यती भनेर उ म सँग बिदा मागेर हजुरआमाको पछि पछि लगेर गयो। अलि पर सम्म नियाले, उसले त्यहाँको एक पसलमा बिस्कुट किन्यो र आमाको झोलामा हाल्यो अनि फेरी एक पटक पछाडि फर्केर हात हल्लाउँदै मबाट उ बिदा भयो।

उसको बारेमा सोचेर म टोलाउँदै थिएँ  “तक्दिर” भन्ने शब्दले म झसङ्ग भए । “जाँच दिन नजाने हो? अगि देखि बोलाइरा’छु सुन्ने हैन, छिटो हिँड नत्र ढिला हुन्छ,….”  साथीहरू भन्दै थिए । त्यसपछि हामी गाडी चढेर जाँच दिन गयौँ, तर आज पनि त्यो बच्चा र उसको कुराले मलाई त्यो दिनको सम्झना दिलाइरहन्छ ।

 सत्य घटना:

मिति: वैशाख २३ गते बिहीबार

 समय: बिहानको १० बजे तिर

स्थान: चाबहिलको पीपलबोट अगाडि   

दिदी म के लेखम ?

दिदी म के लेखम?”, मेरो प्रश्न यही थियो जब दिदीले मलाई आउने हफ्ताको लागि केही लेख लेख्न भन्नु भयो । दिदीले भन्नु भयो,”केही लेखन तिमीलाई मनमा लागेको कुरा।” मैले पनि हवस् भने ।

घरमा आए, ओछ्यानमा पल्टिए र सोच्न थालेँ ,”के को बारेमा लेखम त?” मेरो यो सानो दिमाग चार चौरास घुमाए र अन्तिममा “जीवन”को बारेमा लेख्छु भन्ने सोचे र लेख्न थाले । लेख्छु त भने तर कहाँबाट सुरु गर्ने त ? सुरु नै गर्न आएन र सोचे जीवनको परिभाषाबाट नै सुरु गर्छु ।

आखिर क हो त जीवन?”, मैले सोच्न थाले । कोही भन्छन् जीवन एक बलेको दियो हो, कति बेला निभ्छ ठेगान छैन त कोही भन्छन् जीवन बगिरहने सागर हो जो अविरल बगिरहन्छ । कोही भन्दा रहेछन् जीवन सुख र दुःखको सम्मिश्रण हो । मैले त यो पनि सुने कि जीवन काँडै काँडा बिचको फुल हो । तर मैले सोचे जीवन त मात्र तिन अक्षरको मिलन हो जसको बारेमा लेख्न गाह्रो छ । फेरी एकछिन सोचेँ र निर्णय गरे, अब चाहिँ म भगवानको बारेमा लेख्छु ।

म फेरी गहिरो सोचमा परेँ ,”आखिर भगवान् को हो त?” आज सम्म भगवान्‌लाई कसैले पनि देखेको छैन, भगवान् भनेको हरेक मान्छेको मनमा भएको एक अनौठो विश्वास हो जो कहिले पनि डगमगाउने छैन किनकि मान्छेले जीवनमा सबै कुरा गुमाए पनि मनमा आस चाहिँ कहिले पनि गुमाउँदैन र त्यो आस भनेको भगवान् माथिको विश्वास हो । आजसम्म मैले मानिसहरूले ढुङ्गालाई मात्र पुजेको देखेको छु, ढुङ्गालाई नै भेटी चढाएको देखेको छु । मानिसहरू पनि अचम्मका हुन्छन्, मन्दिर बाहिर खान नपाएका गरिबलाई चाहिँ हेँला गर्छन् र भित्र ढुङ्गालाई चाहिँ पैसा चढाउँछन् , म सोच्छु यदि त्यो पैसा एत्तिकैमा फाल्नु भन्दा एउटा गरिबलाई पेट भरी खाना खान दिएको भए साएद त्यो मान्छेले पुन्य कमाउथ्यो होला । अब के लेख्ने त भगवान्‌को बारेमा, अरू त केही थाहा नै छैन ।

यो भगवान्‌को बारेमा त झन् के लेख्ने कति लेख्ने केही थाहा भएन, होइन अरू नै केहीको बारेमा लेख्नु पर्‍यो र म फेरी के को बारेमा लेख्ने भनेर सोच्न थाले, एक मनमा लग्यो कि दिदीले यसको बारेमा लेखा भन्नु भएको भए लेख्थे होला तर अर्को मनले सोच्यो यदि मलाई दिदीले दिनुभएको कुरा लेखन नआएको भए, आ बरु जेको बारेमा नि लेखे हुन्छ क्यारे, जेको बारेमा भए नि अलिकति लेखेर दिनु पर्‍यो । तर लेख्ने  चाहिँ केको बारेमा , म एक छिन घोत्लिएँ र सोचेँ अब चाहिँ म आफ्नै बारेमा लेख्छु ।

मेरो नाम तकदिर बर्तौला हो । मेरो घर हेटौँडा हो । म अहिले काठमाडौँमा बस्छु । मन्दिर नै मन्दिरको सहर भनेर चिनिने काठमाडौँमा रहेको सुप्रसिद्ध मन्दिर श्री पशुपतिनाथको मुख्य मन्दिर भित्र रहेको विरूपाक्ष्य मूर्ती छुन त दिँदैनन् तर छुन मिल्ने भएको भए त्यो मूर्तीलाई छोएर कसम खान्थे मलाई आफ्नै बारेमा नि लेख्न आएन । “हे भगवान् यस्तो पाराले म के चाहिँ बन्छु होला जिन्दगीमा ?”, आफैँले आफैँलाई प्रश्न गरेँ अनि के के कुरा मनमा खेलाउदैँ थिएँ भुसुक्कै निदाएछु । भोलिपल्ट बिहानै उठेँ अनि कलेज गएँ र कलेज जाने बित्तिकै दिदीलाई भेटे र सोधेँ : “दिदी म के लेखम?”

उखानेकाकासँगको मिठो अन्तरवार्ता……

पत्रकार – प्रधानमन्त्रीज्यू नमस्कार !

ओली – “जस्तालाई तस्तै, ढिँडोलाई निस्तै”, नमस्कार मेरो पनि ।

 

पत्रकार – पछिल्ला केही महिनादेखि सरकार प्रमुख हुनुहुन्छ, सरकार चलाउँदाको  अनुभव कस्तो हुँदैछ ?

ओली – “भँगेरो मार्न सजिलो, भुत्ल्याउन गाह्रो” भन्ने सुनेको थिएँ । भोग्दै छु , सोचेजस्तो सजिलो छैन ।

 

पत्रकार – एमाले सरकारको  कार्यशैलीमा नेपाली काङ्ग्रेसभित्र २ धार छ, गगन थापा र सुजाता कोइराला चाहिँ तपाईँको समर्थनमा छ नि ; के हो गाँठी ??

ओली – के भनौ खै, लेखनाथ पौडेलको कविता सुन्नुभएको छैन कि के हो ? सुन्नुस् – “हिलैमा भ्यागुतो बस्छ, हिलैमा कमलस्थिति ! स्थानले के कुरा गर्नु ? भिन्नै छ गुणको गति ।”

 

पत्रकार – माओवादी पार्टी कहिले एमालेको समर्थन गर्छ त कहिले विरोध गर्छ, यसमा केही कारण छ कि ?

ओली – माओवादी पाटी जँड्याहा पोइजस्तो हो, कहिले त्यही मुखले मिठो म्वाइ खान्छ, कहिले नमिठो गाली गर्छ,जस्तो भएन सहनै पर्ने, के गर्नु ? पोइ त आखिर पोइ नै हो नि !!

 

पत्रकार – इन्डियाले ढलाउनै आटेको एमाले सरकार कसरी जोगाउनुभयो?

ओली – हाहाहाहा, हाहाहाहाहाहा !! “इन्डिया भन्दा आइडिया ठुलो” भन्ने थाहा छैन तपाईँलाई ??

 

पत्रकार – कहिलेकाहीँ पार्टी भित्रैबाट पनि तपाईँको विरोध हुन्छ नि !

ओली – के भनौ”झगडालु स्वास्नी काउसोको माला” भन्छु चित्त बुझाउँछु।

 

पत्रकार – राजदूत दीपकुमार उपाध्याय बोलाउनुभयो नि, किन हो ?

ओली – काङ्ग्रेसले नियुक्ति दिएकै भए नि, केही गर्छन् कि भन्ने लागेको थियो, “ढिकीले स्वर्ग गए पनि धानै कुट्दो रहेछ”, माखो मारेनन्, फिर्ता बोलाएँ ।

 

पत्रकार – शेरबहादुर देउबा किन यतिबिधि भारतपरस्त भएर बोलेका ?

ओली – “लाटो बाहुनको काम नै घन्टा बजाउने”हो, शेरे बोलिरहन्छन् । “मकैको रोटीमा घिउ हाल्नु र माइतीको सम्पत्तिमा जीउ हाल्नु बेकार हो” भन्ने कुरा देउबालाई कसले बुझाइदिने ?

 

 

पत्रकार – शेरबहादुर देउबाले काङ्ग्रेसलाई अब केही देलान् ?

ओली – केही दिँदैनन्, “सुघ्घरी स्वास्नीको पोइ मोटाउँछ, फोहोरी स्वास्नीको कुकुर मोटाउँछ”, देउवाका कारण काँग्रेस दुब्लाउँछ, भारत मोटाउँदै जान्छ । म त बुढो भएँ, तपाईँहरू हेर्दै जानुहोला ।

 

पत्रकार – राप्रपा नेपाल पार्टीले केही गर्छ कि ?

ओली – खै, “मगरको उमेर र भेडाको उमेर ज्यान हेरेर अन्दाज गर्न सकिँदो  रहेनछ”, केही गरेछ भने गरेपछि पत्याउँला ।

 

पत्रकार – बाबुराम भट्टराईको नयाँशक्ति पाटीमा थुप्रै व्यक्तिको उपस्थिति देखियो, कसरी हेर्नुभएकोछ यसलाई ?

ओली – हैन, कसरी हेर्नु अब ! “भालुको चाकमा भुत्लाको के दरिद्र?” होलान् २/४ भुसुनाहरू ।

 

पत्रकार – मधेसी नेताहरू पछिल्लोपटक धेरै पटक दिल्ली धाइरहेका छन्, केही छ यसमा?

ओली – हाहाहा, स्वास्नी रिसाए कहाँ जान्छे ? माइत ।

“ओह्रालो लागेको घाम र पखाला लागेको बुढो कतिन्जेल टिक्छ?” थाहा हुँदैन । मधेसीलाई पखाला लागेको छ । छिटै सिद्धिन्छन् ।

पत्रकार – उता सिके राउत मधेस देश बनाउँछु भन्दै कुर्लिएका छन् नि !

ओली – हाहाहा, घरमा चर्पी समेत बनाउन नसक्ने २ कौडीका बिहारी घुसपैठियाहरूले देश बनाउने रे !!
पत्रकार – सिके राउतलाई जेल हाल्ने या देशनिकाला गर्नुपर्दैन ??

ओली – हैन, सबै कुकुर काँशी गए गु कसले खान्छ ? यो कुकुर यहीँ रहोस् । यो हल्लिएको दाँत हो, एक दिन आफैँ फुस्किन्छ, टन्टै साफ….

 

नया वर्ष खुशी र हर्षको साथमा

चैत्र ३०, २०७१ सालको अन्तिम दिन रातभर “न्यु इयर इभ” मनाउने हो भनेर बिहानै प्लान बनाए अनि तेही अनुसार सबै कामहरू पनि छिटो छिटो गरेर म ६ बजे अफिसबाट निस्किए । अब घर गएर ड्रेस फेरेर जानु पर्छ केटाहरूसँग रात भर दारू खानु पर्छ भनेर बाहिर निस्केको मात्र के थिएँ मुटु (गल्फ्रेन्ड) को फोन आयो । उता बाट मधुर स्वरमा उनले भनिन “मुटु, तिम्रो आज कतै जाने प्लान त छैन नि ?” अनि मैले भने “किन र मुटु ?” उनले भनिन “हैन के मुटु आज ‘न्यु इयर इभ’ मा तिमि र म मिलेर मनाउन भन्नलाई हो ।” अब मुटुको कुरा कसरी काट्न सक्नु, अनि भइहाल्छ नि भने । केटाहरुलाई म आउन मिलेन यार, बुडीले एक्लै हुन्छे रे अनि “न्यु इयर इभ” सँगै मनाउने भन्दै छे भनेर भने अनि चेन्ज भएको प्लान अनुसार घर गए, खाना खाए अनि मुटुको तिर हान्निएँ । उनको घर अगाडी पुगेपछी मैले उनलाई फोन गरे अनि तल आउन भने र सधै जस्तो उनले भनिन “एकछिन न मेरो मुटु, ‘फाइनल टच अप’ बाँकि नै छ ।“ १० मिनेट पछी उनि बाहिर आइन् र हामी अन्त कहाँ जानु १ घन्टा अगाडि बनाको प्लानमा भनेर वसन्तपुरतिर लाग्यौँ । रातको १२ बजे सम्म हामी घुम्यौँ, कन्सर्ट थियो त्यहाँ गयौँ, अनि १२ बजे एक-अर्कालाई नयाँ वर्षको सुभकामना आदान प्रदान गर्‍यौँ ।

नयाँ वर्ष २०७२ लाई मज्जाले स्वागत गर्‍यौँ अनि रात भर नाच्यौँ, खायौँ अनि घुम्यौँ र बिहानको ४ बजे मुटुलाई उसको घरमा छोडेर म पनि आफ्नो कोठा तिर लागेँ । यो वर्ष पनि मुटुसँगै “न्यु इयर इभ” मनाउने प्लान थियो तर अगि दिउसो मात्र हाम्रो सानो कुरामा मनमुटाव भयो र उनी मसँग रिसाएर घर गइन् । मैले फोन गरेँ, मेसेज गरेँ तर कुनै जवाफ आएन । रातको ११ बजेर ५० मिनेट गइसकेको थियो तै पनि कुनै मेसेज , फोन आएन तर ११ बजेर ५३ मिनेट मा फोनको रिङ् बज्यो । म एकदम खुसी भएँ किनाकी त्यो मेरो मुटुको फोन थियो । उनले ‘आइ एम सरी’ भन्दै नयाँ वर्षको सुभकामना दिइन् र यसपाली पनि पोहोर सालको जसरिनै नयाँ वर्ष मनाउने प्रस्ताव राखिन् र मैले हवस् भने अनि रातको १२ बजे मुटुको तिर लागे नयाँ वर्ष मनाउन । यसरी नै तपाईछहरूको पनि नयाँ वर्ष आफुले चाहेको मानिससँग वा साथीहरूसँग वा घर परिवारसँग बसेर मनाउनुहोस्, रमाइलो गरेर नयाँ वर्षलाई स्वागत गर्नुहोस् । तपाईँहरूको नयाँ वर्ष पनि शुभरहोस्, हरेक पाइलाले सफलताको शिखर चुमुन्, हाँसो अनि खुसीले तपाईँको जीवन तृप्तहोस् । यो नयाँ वर्षको तपाईँहरुलाई मेरो शुभकामना ।

तिमी अनि तिम्रो प्रेम

रस चुस्दा फुललाई दुख्ला भमराले सोच्ने भए।

घमण्डले फूलले पनि काडाले झैँ घोच्ने भए॥

माया गर्दा तिमीले जस्तै सबले धोका दिने भए।

सानातिना कुराहरू तेसै मनमा लिने भए॥

अल्पायुमै मर्छु भनि शिरिष फुल्न छोड्ने भए।

तिमीले जस्तो बिना कसुर सबले प्रेम तोड्ने भए॥

जोडी छुटाइ ढुकुर पनि एक्लै एक्लै उड्ने भए।

कति पिडा होला फुललाई कोपिलामै चुड्ने भए॥

प्रेम शब्द किन आउथ्यो तिमीले जस्तै गर्ने भए।

सच्चा मेरो प्रेम भन्दै भ्रमको बिउ छर्ने भए॥

म पनि त तिमीजस्तै धोका दिदै जिउने भए।

विषको महत्त्व तब हुन्छ चोटै-चोटमा पिउने भए॥

हात काट्थेँ , औँला काट्थे मेरो चोटमा हास्ने भए।

अर्को जुनी कुरी बस्छु चोको माया गास्ने भए ॥