मेरो जिन्दगीको एक दिन …

पहिलो सेमेस्टरको फाइनल जाँच त्यो माथि पनि आफूलाई गारो लाग्ने म्याथको जाँच । यही कुरा मनमा लिएर म गाडी चढ्ने ठाउँमा साथीलाई कुरेर बस्दै थिए । एउटा सानो अन्दाजी ५ या ६ वर्षको फुच्चे मेरो वरिपरि ३ ४ पटक हिँडेको मैले याद गरे । मैलो भेस्ट, च्यातिएको हाप पाइन्ट र खाली खुट्टा उ यता उता गर्दै थियो। सायद उ सहयोग माग्न चाहन्थ्यो तर सकिरहेको थिएन । साथीहरू आउन अझै ५ १० मिनेट लाग्ने भएकाले मैले त्यो फुच्चे केटासँग कुरा गर्ने निधो गरे । “बाबु यता आउन”, मैले उसलाई बोलाए, उ अन्कनाउँदै मेरो नजिक आयो। “नाम के हो बाबु तिम्रो?”, मैले पहिलो प्रश्न तेर्स्याए । उसले पहिला त आफ्नो नाम भन्न हिच्किचायो तर २ ३ पटक सोधे पछि उसले आफ्नो नाम “राहुल” भन्यो । अनि फेरी मैले सोधे, “कहाँ बस्छौ?” उसले भन्यो ,”मागेर राति जहाँ पुग्छौँ त्यहीँ बस्छौँ” । उसको कुरामा “बस्छौ” भन्ने शब्दले मेरो ध्यान  तानियो र फेरी मैले सोधे ,”बाबु कोसँग बस्छौ र तिमी ?” उसले मधेसी मूलको आवाजमा भन्यो ,”दाइ म दादीसँग बस्छु” अलि पर उभिएको एउटा बुढी आमालाई देखाउँदै उसले भन्यो। मैलो अनि ठाउँ ठाउँमा टालिएको फरिया, पोका पुन्तुराले भरेको एउटा झोला काँधमा, एउटा हातमा कचौरा अनि अर्को हातमा पानीको बोतल लिएर उनी होटलमा पानी माग्दै थिइन।

होटलको साहुले पानी दिए पछि उनी नाति भएको ठाउँमा आइन र भनिन ,”ले बेटा पानी पी।” बाबुले पानी खाई सकेपछि उनले ,”चल बेटा” भनिन तर मैले ,”मा थोडी देर रुक्जाइएना ” र उनले “हा ठिक हैँ” भन्नु भयो|

भन्नु भए पछि मा फेरी बाबु सँग कुरा गर्न थाले । “बाबु तिमीले राम्रो सँग खाना कहिले खाएको याद छ तिमीलाई ?” मैले पुनः प्रश्न गरे। उ बोल्यो ,” खै दाइ पुरा त याद भएन तर सायद दो तीन दिन पहेले एक अङ्कलले पशुपतिमा खुवाउनु भएको थियो”। अनि मैले सोधेँ “अनि अहिले के खान्छउ त तिमी बिहान दिउँसो अनि राति ?” भनेर मैले सोध्दा उसले “बिस्कुट, समोसा अनि पानी“ भनी जवाफ फर्कायो। मैले उसलाई भने “बाबु खाना खान्छौ त तिमी ?”, मेरो यो प्रश्नमा आएको उसको जवाफले मलाई आफू प्रति नै लाज लागेर आयो। उसले भन्यो ,”हैन दाइ केही पैसा मात्र दिए हुन्छ, मैले मात्र खाना खाएर हुँदैन, दादीले पनि खानु पर्छ, दादीलाई भोकै म कसरी राख्न सक्छु ?” उसको हजुरआमा प्रतिको माया र जिम्मेवारी बहन गरेको देखेर मा छक्क परे, यती सानो उमेरमा उसको कति तिक्खर बुद्धि। म सोच्न थाले कि मैले कहिले पनि आफ्नो आमालाई माया नै गरिन, आज पनि म आमालाई पकाएको खाजा पनि लिएर आइदिनु भन्छु तर साँच्चै भन्दा त आमाले मेहनत गरेर खाजा पनि बनाउनु हुन्छ अनि बिचारी आमा हामीले भनेपछि हार्न नसकेर हामी उप्पर खुट्टि लाएर टिभी हेरेको ठाउँ सम्म खाजा बोकेर आउनु हुन्छ। यती सानो बच्चाले त आफ्नो हजुरआमालाई यती माया गर्छ तर हामीले अझै आमाको माया बुझेको नै छैनौँ भन्ने मलाई कता कता मनमा लग्यो। अनि मैले उसलाई खल्तीबाट ५० रुपैयाँ दिए र भने बाबु धेरै दिन सकिन यती नै छ मसँग, उसले मुस्कुराउँदै भन्यो ,”दाइ हजुरको यो पैसाले दादीलाई र मलाई आजलाई खान पुग्छ , बहुतै धन्यवाद दाइ।” यती भनेर उ म सँग बिदा मागेर हजुरआमाको पछि पछि लगेर गयो। अलि पर सम्म नियाले, उसले त्यहाँको एक पसलमा बिस्कुट किन्यो र आमाको झोलामा हाल्यो अनि फेरी एक पटक पछाडि फर्केर हात हल्लाउँदै मबाट उ बिदा भयो।

उसको बारेमा सोचेर म टोलाउँदै थिएँ  “तक्दिर” भन्ने शब्दले म झसङ्ग भए । “जाँच दिन नजाने हो? अगि देखि बोलाइरा’छु सुन्ने हैन, छिटो हिँड नत्र ढिला हुन्छ,….”  साथीहरू भन्दै थिए । त्यसपछि हामी गाडी चढेर जाँच दिन गयौँ, तर आज पनि त्यो बच्चा र उसको कुराले मलाई त्यो दिनको सम्झना दिलाइरहन्छ ।

 सत्य घटना:

मिति: वैशाख २३ गते बिहीबार

 समय: बिहानको १० बजे तिर

स्थान: चाबहिलको पीपलबोट अगाडि   

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s